Kathmandu Press

कोरोना संक्रमित सचिन तेन्दुलकार अस्पताल भर्ना

काठमाडौं, चैत २० : चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्। ६ दिनअगाडि नै उनलाई सङ्क्रमण पुष्टि...
कोरोना संक्रमित सचिन तेन्दुलकार अस्पताल भर्ना

काठमाडौं, चैत २० : चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका छन्। ६ दिनअगाडि नै उनलाई सङ्क्रमण पुष्टि भएको थियो ।

तेन्दुलकरले ट्विटरमार्फत आफू अस्पताल भर्ना भएको जानकारी गराएका हुन्। उनले चिकित्सकको सल्लाहअनुसार नै आफू अस्पताल भर्ना भएको उल्लेख गरेका छन्।

उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई  धन्यवाद दिएका छन्। निको भएर केही दिनमै घर फर्किने विश्वास उनले  व्यक्त गरेका छन्।

तेन्दुलकर सय शतक बनाउने र दुई सय टेस्ट खेल्ने विश्वकै एक मात्र खेलाडी हुन्। भारतले सन् २०११ एक दिवसीय विश्वकप क्रिकेट जित्दा उनी पनि खेलाडीका रूपमा रहेका थिए। भारतमा क्रिकेटको भगवानकाे संज्ञा पाएका तेन्दुलकरका विश्वभरि करोडौं प्रशंसक छन्। 

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्