सिंहदरबारअगाडि प्रदर्शन गर्ने वातावरण संरक्षण अभियन्ता पक्राउ
काठमाडौं, चैत २० : काठमाडौँ लगायत देशका विभिन्न भागमा बढेको वायु प्रदूषणका कारण जनस्वास्थ्य संकटमा परेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ...
काठमाडौं, चैत २० : काठमाडौँ लगायत देशका विभिन्न भागमा बढेको वायु प्रदूषणका कारण जनस्वास्थ्य संकटमा परेको भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी १० जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा रहेको बेला सरकार बसेको भन्दै प्रदर्शन गरेका उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । ‘वातावरण मन्त्रालय हराएको सूचना’सहित सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केही दिनअघि काठमाडौं वायु प्रदूषणको मामिलामा विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको थियो । उनीहरुले जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्न माग गरेका थिए ।





प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)