Kathmandu Press

माधव समूहको युवा संघले गरायो ओलीलाई नेतृत्व परिवर्तनको जानकारी

काठमाडौं, चैत्र २० : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएको...
माधव समूहको युवा संघले गरायो ओलीलाई नेतृत्व परिवर्तनको जानकारी

काठमाडौं, चैत्र २० : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएको छ ।

चैत्र ७ मा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन भएको जानकारी संघले अध्यक्ष ओलीलाई गराएको हो । महासचिव दीपक जीएमले पत्र लेख्दै अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी गराएका हुन् ।

युवा संघको विधान, झण्डा, लोगो र छाप प्रयोग गर्ने अधिकार पनि आफूहरुसँग मात्रै भएको दावी पत्रमा उल्लेख गरिएको छ । पत्रमा युवा संघको झण्डा, नाम र विधान अरुले पनि प्रयोग गरिरहेकाले त्यस्तो कार्य रोक्न माग समेत गरेको छ ।

नेता नेपाल समूहका युवा संघले राष्ट्रिय भेला गरेर नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको थियो । 

प्रकाशित मिति: ०९:१० बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्