Kathmandu Press

खनाल नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, देशव्यापी समानान्तर संरचनाको तयारी

खनाल नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, देशव्यापी समानान्तर संरचनाको तयारी

काठमाडौं, चैत्र २० : नेकपा एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजे कलंकीस्थित एक वैंक्वेटमा बैठक बस्ने तय भएको हो । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले विधान संशोधन, केन्द्रीय कमिटी विस्तार तथा महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल समूहले देशव्यापी समानान्तर संरचना निर्माण गर्दै जाने तयारी गरिएको छ ।

उक्त समूहले अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायत समान्तनर कमिटि बनाइसकेको छ। बिहीबार मात्रै गण्डकी प्रदेशका विभिन्न जिल्लामा समामान्तर कमिटी गठन गरेको छ।

यसअघि बिहीबार कास्कीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रमा पनि समानान्तर संरचना निर्माण गर्ने घोषणा गरेका थिए।

प्रकाशित मिति: ०८:४० बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्