Kathmandu Press

आहा रारा गोल्ड कप १९औं संस्करण भोलीदेखि 

काठमाडौं, चैत्र २० : चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्ड कपको १९औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा...
आहा रारा गोल्ड कप १९औं संस्करण भोलीदेखि 

काठमाडौं, चैत्र २० : चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्ड कपको १९औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ।

चैत २२ मा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनबीच खेल प्रतिस्पर्धा हुनेछ। चैत २३ मा तेस्रो क्वार्टर फाइनल खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच तथा चौथो क्वार्टर फाइनल खेलमा थ्री स्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता अन्तर्गत चैत २५ मा पहिलो सेमीफाइनल खेल हुनेछ। उक्त खेल २१ गते हुने सहारा र एपीएफबीचको विजेता तथा २३ गते प्रतिस्पर्धा गर्ने संकटा र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ। यस्तै‚ चैत २६ मा हुने दोस्रो सेमीफाइनल खेलमा २२ गते खेल्ने मच्छिन्द्र र अफ्रिकन रुट एशोसियसनबीचको विजेता तथा थ्री स्टार र नेपाल पुलिस क्लबबीचको विजेता टोलीको बिचमा खेल हुनेछ। गोल्ड कपको फाइनल खेल चैत २८ गते हुने छ।

१९ औँ संस्करणमा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, एपिएफ क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सहारा क्लब र अफ्रिकन रुट डउला क्यामरुन गरी आठ टोली सहभागी रहेका छन्। गोल्ड कपको विजेता टिमलाई १० लाख एक हजार रुपैयाँ प्रदान गरिने छ। त्यस्तै‚ उपविजेता टिमले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ। विधागत रूपमा सर्वोत्कृष्ट हुने खेलाडीले एप्रिला स्कुटर प्राप्त गर्नेछन्।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच घोषित हुनेलाई ट्रफीसहित जनही २५ हजार रुपैयाँले प्रदान गरिने छ। गोल्ड कपको उद्घाटन समारोहमा ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी–२०७७’ बाट नगद ३५ हजार रुपैयाँसहित राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गरिने कार्यक्रम छ। 

प्रकाशित मिति: ०८:१४ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्