Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभरमा साढे ११ हजार वढीको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभरमा साढे ११ हजार वढीको मृत्यु

काठमाडौं, चैत्र २० : विश्वभरमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा साढे ११ हजार वढीको मृत्यु भएको छ। ब्राजिलमा मात्रै तीन हजार ६७३ जनाको मृत्यु भएको छ।

यस्तै मृत्यु हुनेमा अमेरिकामा ९४५, इटलीमा ५०१, भारतमा ४६८, रुसमा ३८३,  फ्रान्समा ३१४ जना रहेका छन्। योसँगै कोरोनाका कारण विश्वभर कुल मृतकको संख्या २८ लाख ३९ हजार ११८ जना पुगेको छ।

Hardik ivf

यसैबीच विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८२ हजार ४९४ जना संक्रमित थपिएका छन्। ब्राजिलमा ८९ हजार ४५९, भारतमा ८१ हजार ४४१, अमेरिकामा ७५ हजार ३९८, फ्रान्समा ५० हजार, टर्कीमा ४० हजार ८०६ जना संक्रमित थपिएका छन्।

विश्वभर कुल संक्रमितको संख्या १३ करोड १ लाख ४६ हजार ३१४ रहेका छन्। संक्रमितमध्ये १० करोड ४८ लाख ७३ हजार ५५६ जनाले कोरोनालाई जितेका छन्।

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, चैत २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्