Kathmandu Press

घातक स्तन क्यान्सरको मुख्य कारण ‘हर्मोन–सिन्सेटिभ जिन’

अस्ट्रेलियाका अनुसन्धानकर्ताले स्तन क्यान्सरको कारक ‘हर्मोन–सिन्सेटिभ जिन’ पत्ता लगाएका छन् । उक्त जिनका कारण भएको क्यान्सरबाट बाँच्ने दर कम हुन्छ । उक्त जिनका...
घातक स्तन क्यान्सरको मुख्य कारण ‘हर्मोन–सिन्सेटिभ जिन’

अस्ट्रेलियाका अनुसन्धानकर्ताले स्तन क्यान्सरको कारक ‘हर्मोन–सिन्सेटिभ जिन’ पत्ता लगाएका छन् । उक्त जिनका कारण भएको क्यान्सरबाट बाँच्ने दर कम हुन्छ । उक्त जिनका कारण क्यान्सर पीडित बिरामीका लागि यो अध्ययन उपयोगी हुने आशा रहेको ह्यारी पर्किन्स मेडिकल रिसर्च इन्स्टिच्युटकी ‘एपिजेनेटिसिस्ट’ पिलर ब्लान्काफोर्टले बताइन् ।

यस्तो क्यान्सर कसरी हुन्छ भन्नेबारे अहिले नै टिप्पणी गर्न हतारो हुने उनको भनाइ छ । ‘स्तन क्यान्सर’का विभिन्न प्रकार छन्– हर्मोन रिसेप्टर सिन्सेटिभ, एचईआर–२ पजिटिभ, नन्–हर्मोन सिन्सेटिभ आदि । ती समूहमा पनि धेरै प्रकारका क्यान्सर छन्, जसले उपचारलाई जटिल बनाउँछन् ।

हर्मोन–सिन्सेटिभ स्तन क्यान्सर एस्ट्रोजेन वा प्रोजेस्टेरोनजस्ता हर्मोनका कारण हुने गर्छ । ती क्यान्सरको उपचारमा हर्मोन थेरापीलगायत विभिन्न विधि प्रयोग गरिन्छ । यस प्रकारको क्यान्सरको उपचारमा नन्–हर्मोन क्यान्सरको तुलनामा राम्रो नतिजा प्राप्त हुन्छ ।

Hardik ivf

‘थोरै प्रतिशत बिरामीले धेरै आक्रामक क्यान्सरको सामना गर्नुपर्छ र त्यसको परिणाम पनि नराम्रो हुन्छ । यस्तो क्यान्सर लागेका महिलामध्ये करिब आधाको मृत्यु भएको देखिन्छ,’ ब्लान्काफोर्टले भनिन्, ‘अध्ययनमा यस्तो प्रकारको क्यान्सर मानिसको नसा–नसामा फैलिने र मृत्युदर बढी हुने पत्ता लागेको छ । त्यसैले यस्तो क्यान्सरको पहिचान गर्ने तरिकाहरू आवश्यक देखिएको छ ।’

सन् २०१२ मा अनुसन्धानकर्ताहरूले स्तन क्यान्सर वर्गीकरणलाई इन्टिग्रेटिभ क्लस्टरिङ (इन्टक्लस्ट) नाम दिए, जसले स्तन क्यान्सरलाई १० समूहमा वर्गीकृत गरेको छ । र, त्यसमा आनुवंशिक परिवर्तन र क्लिनिकल परीक्षणको परिणामलाई आधार बनाइएको छ ।

एस्ट्रोजेन रिसेप्टर–पजिटिभ (ईआर प्लस) क्यान्सरभित्र पर्ने यी क्लस्टरमध्ये एउटा इन्टक्लस्ट–२ हुन्छ, जसमा कमजोर रोग पूर्वानुमान क्षमता हुन्छ र यसमा एउटा क्लस्टर मात्र खराब हुन्छ ।

सन् २०१२ मा अध्ययनकर्ताहरूले ‘इन्टक्लस्ट–२ ट्युमर’लाई ‘डीएनए क्रोमोजम–११’को वर्गीकरणमा राखेका थिए । क्रोमोजोमको त्यो अंशमा क्यान्सर उत्पन्न गर्ने सम्भावित जिन प्रशस्त मात्रामा पाइन्छ, जसलाई ओन्कोजिन्स् भनिन्छ । यो जिनबारे वैज्ञानिकहरूलाई त्यसअघि पनि जानकारी नभएको होइन । तर, त्यसमा पनि ‘एएएमडीसी’ नाम दिइएको जिनले अनुसन्धानकर्ताहरूलाई झस्काएको थियो ।

त्यसपछि नै हो अनुसन्धानकर्मी यसबारे अनुसन्धानमा जुटेको पनि । सर्वप्रथम अनुसन्धान टोलीले एक सय १९ वटा ‘ल्युमिनल बी’ स्तन क्यान्सरका नमूना परीक्षण गरे । र, क्यान्सरमा एएएमडीसीको मात्रा विश्लेषण गरे । करिब २५ प्रतिशत ट्युमरले एएएमडीसीको प्रबद्र्धन गरेको पाइयो, जो मुख्यतया ‘इआर प्लस’ ट्युमर थिए ।

मुसामा पाइएको स्तन क्यान्सर कोषिकामा उनीहरूले एएएमडीसी स्तर विश्लेषण गरे, क्यान्सर प्रभावित कोषिका धमाधम निश्क्रिय बन्दै गरेको पत्ता लाग्यो । यसको मतलब कोषिकाले क्षतिग्रस्त हुँदै गर्दा पनि आफ्नो काम गरिरहेका थिए ।

‘ईआर प्लस’ क्यान्सरको उपचार ‘इन्टक्लस्ट–२’ कति असरदार छ भन्नेमा आधारित हुने टोलीको निष्कर्ष छ । ‘एएएमडीसीले क्यान्सर कोषहरूलाई मर्नबाट जोगाउन सक्छ र तिनीहरूको वृद्धिलाई कायम राख्छ । ट्युमरलाई पोषक तत्त्वको अभाव हुने स्थितिमा राखिन्छ । जब यो एस्ट्रोजेन भोको अवस्थामा हुन्छ, त्यसले धेरै हर्मोन–सिन्सेटिभ क्यान्सरलाई मार्छ,’ ब्लान्काफोर्टले व्याख्या गरिन् ।

चाखलाग्दो कुरा के भने एएएमडीसीको यो विस्तार अण्डाशय, प्रोस्टेट ग्रन्थी र फोक्सोको क्यान्सरमा पनि फेला परेको छ । त्यसैले यो परिणाम क्यान्सरका अन्य प्रकारको उपचारमा पनि सान्दर्भिक हुनसक्छ । ‘महत्त्वपूर्ण रूपमा अब हामी यी क्यान्सरहरू ट्युमरको कोषमा एएएमडीसीको उच्चस्तरको खोजद्वारा पत्ता लगाउन सक्छौँ,’ ब्लान्काफोर्टले भनिन्, ‘यो महत्त्वपूर्ण खोज हो ।’

- साइन्स अर्लट डट कमबाट 

प्रकाशित मिति: ०६:३७ बजे, शुक्रबार, चैत २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्