Kathmandu Press

गण्डकीमा नेपाल पक्षको समानान्तर कमिटी, पाण्डे संयोजक

पोखरा, चैत १९ : नेकपा (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ।बिहीबार पोखरामा आयोजित कार्यक्रममा सुरेन्द्र पाण्डेको...
गण्डकीमा नेपाल पक्षको समानान्तर कमिटी, पाण्डे संयोजक

पोखरा, चैत १९ : नेकपा (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ।

बिहीबार पोखरामा आयोजित कार्यक्रममा सुरेन्द्र पाण्डेको संयोजकत्वमा २२ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो। एमलो वरिष्ठ नेता नेपालले प्रदेश कमिटी घोषणा गरेका हुन्।

भेलामा गण्डकी प्रदेशका नौ वटै जिल्लाको समानान्तर कमिटी पनि घोषणा गरिएको छ। कास्कीमा धनराज अचार्यलाई अध्यक्ष र सचिवमा होमबहादुर नेपालीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै स्याङ्जाको अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भुपराज अधिकारी चयन भएका छन्। म्याग्दीमा अध्यक्ष बालकृष्ण सुवेदी, बागलुङमा अध्यक्ष इन्द्रलाल सापकोटा र  सचिव लालबहादुर थापा सचिव चयन भएका छन्।

यस्तै गरी पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव, तनहुँमा शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव रहेका छन्। गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव चयन भएका छन्।

नवलपुर र लमजुङका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको छैन। दुवै जिल्लामा छिट्टै नाम सार्वजनिक गरिने जनाएको छ।

त्यस्तै, मनाङ र मुस्ताङमा कमिटी गठन गर्न बाँकी रहेको जनाएको छ। चैन २९ गतेसम्म जिल्ला कमिटी घोषणा हुने जनाएको छ।

प्रकाशित मिति: १९:२७ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्