न्यायाधीश सुवेदीको योग्यतासम्बन्धी मुद्दामा चैत ३० मा फैसला आउने
काठमाडौं, चैत १९ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका न्यायाधीश नहकुल सुवेदीको योग्यतासम्बन्धी मुद्दामा चैत ३० गते फैसला आउने भएको छ।बिहीबार न्यायाधीश सुवेदीको...
काठमाडौं, चैत १९ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका न्यायाधीश नहकुल सुवेदीको योग्यतासम्बन्धी मुद्दामा चैत ३० गते फैसला आउने भएको छ।
बिहीबार न्यायाधीश सुवेदीको मुद्दामा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले चैत ३० गते फैसला सुनाउन मिति तोकेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए।
अहिले सुवेदी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश रहेका छन्। उनलाई न्याय परिषदको फागुन २८ गते सर्वोच्चको न्यायाधीशमा सिफारिश गरेको थियो।
सर्वोच्च अदालतको न्यायाधीशका लागि सुवेदीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए। उनको रिटमा सुनुवाइ गर्दै न्यायाधीश केसीले चैत ३० मा फैसला सुनाउने मिति तोकेका हुन्।
प्रकाशित मिति: १८:१२ बजे, बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











