बुहारी लाराले पोष्ट गरेको ट्रम्पको भिडियो अन्तर्वाता फेसबुकले हटायो
काठमाडौं, चैत १९ : फेसबुकले अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अन्तरवार्ताको भिडियो हटाएको छ । ट्रम्पकी बुहारी लारा ट्रम्पको फेसबुक अकाउन्टमा पोष्ट गरिएको...
काठमाडौं, चैत १९ : फेसबुकले अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अन्तरवार्ताको भिडियो हटाएको छ । ट्रम्पकी बुहारी लारा ट्रम्पको फेसबुक अकाउन्टमा पोष्ट गरिएको एक अन्तर्वाताको भिडियो बुधबार फेसबुकले हाटाएको हो ।
फक्स न्यूजमा कार्यरत लारा ट्रम्पले आफ्नो कार्यक्रम राइट भ्यूको लागि लिएको ट्रम्पको अन्तर्वाताको भिडियो आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् ।
फेसबुकले प्रतिबन्धको कारण देखाउँदै ट्रम्पको भिडियो हटाइएको भन्दै पाठाइएको इमेल लाराले फेसबुकमा पोष्ट गरेकी छिन् ।
सोशल मिडिया साइट फेसबुक, ट्वीटर, स्न्यापच्याटले ट्रम्पलाई अनिश्चित कालका लागि प्रतिबन्ध लगाएको छ ।
प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












