Kathmandu Press

सर्वोच्चले नेकपा नामसम्बन्धी विवादकाे आफ्नो फैसला पुनरावलोकन नगर्ने

काठमाडौं, चैत १९ : सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा आफूले गरेका फैसलाको पुनरावलोकन नहुने बताएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको पूर्ण इजलासले बिहीबार पुनरावलोकन...
सर्वोच्चले नेकपा नामसम्बन्धी विवादकाे आफ्नो फैसला पुनरावलोकन नगर्ने

काठमाडौं, चैत १९ : सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा आफूले गरेकाे फैसलाको पुनरावलोकन हुन नसक्ने बताएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको पूर्ण इजलासले बिहीबार पुनरावलोकन नगर्ने आदेश दिएको हो। इजलासमा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना पनि सहभागी थिए।

सर्वोच्चले नेकपा नामसम्बन्धी विवादको फैसला गर्ने क्रममा फागुन २३ गते नेकपा नाम ऋषिराम कट्टेलको भएको निर्णय सुनाउँदै नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त फैसलाको पुनरावलोकनका लागि सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका थिए।

सोही निवेदनको सुनुवाइका लागि सर्वोच्चले अनुमति नदिने फैसला गरेको हो। याेसँगै सर्वोच्चद्वारा गरिएको यसअघिकाे फैसला नै सदर हुन पुगेकाे छ।  

प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्