Kathmandu Press

एमालेका ८ लाख कार्यकर्तामध्ये ६ लाख आफूहरुको पक्षमा रहेको नेता नेपालकाे दाबी

पोखरा, चैत १९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चाँडै देशव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।बिहीबार पोखरामा आयोजित कास्की जिल्ला...
एमालेका ८ लाख कार्यकर्तामध्ये ६ लाख आफूहरुको पक्षमा रहेको नेता नेपालकाे दाबी

पोखरा, चैत १९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चाँडै देशव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

बिहीबार पोखरामा आयोजित कास्की जिल्ला अगुवा कार्यकर्ता भेला र समानान्तर कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले सबै नेता–कार्यकर्तालाई संगठन निर्माण अभियानबमोजिम अघि बढ्न र कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिए।

‘कमिटी बैठकलाई नियमित गर्नुहोस्,’ उनले भने, ‘हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं ।’

नेता नेपालले अब चुनावको घोषणा भयो भने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि आफूहरूले नै दिने बताए।

हामी अरूसँग सिटको तालमेल गरी सबैलाई मिलाएर लाने उल्लेख गर्दै  उनले त्यसबारे मोहन वैद्यदेखि मोहनविक्रम सिंहसँग छलफल भइसकेको बताए। 

एमालेका ८ लाख कार्यकर्तामध्ये ६ लाख आफूहरुको पक्षमा रहेको दाबी गर्दै उनले सबैलाई कारबाही गरेर देखाउन चुनौती दिए।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली २८ फागुनको निर्णय फिर्ता लिन र २०७५ जेठ २ मा फर्किन तयार भए आफू पनि सोहीबमोजिम लचकदार हुन तयार रहेको उनले बताए।

ओली सुध्रिउन् भन्ने आफूनो चाहना रहेको नेता नेपालको भनाइ थियो।

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्