Kathmandu Press

क्यालिफोर्नियामा बन्दुकधारीद्वारा एक बालकसहित चारको हत्या

काठमाडौं, चैत १९ : अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित ओरेन्ज सहरमा रहेको एक कार्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको हत्या गरेको छ। मृत्यु हुनेमा एक...
क्यालिफोर्नियामा बन्दुकधारीद्वारा एक बालकसहित चारको हत्या
Hardik ivf

काठमाडौं, चैत १९ : अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित ओरेन्ज सहरमा रहेको एक कार्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको हत्या गरेको छ। मृत्यु हुनेमा एक बालक रहेको जनाइएको छ।

बन्दुकधारीले बुधबार त्यहाँको स्थानीय समयअनुसार अपराह्न साढे ५ बजेतिर गोली प्रहार गरेका थिए। त्यसक्रममा प्रहरीको जबाफी कारबाहीमा परी बन्दुकधारी घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएका छन्।

घटनाको अनुसन्धान भइरहेको र अन्य विवरण पनि अस्पष्ट रहेको प्रहरी अधिकारले बताएका छन्।

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्