Kathmandu Press

एमाले कास्कीमा धनराज आचार्यको नेतृत्वमा समानान्तर कमिटी

पोखरा, चैत १९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर गतिविधिलाई तीव्रता दिएको छ।जनवर्गीय संगठनहरूमा समानान्तर कमिटी निर्माण गर्दै आएको नेपाल समूहले...
एमाले कास्कीमा धनराज आचार्यको नेतृत्वमा समानान्तर कमिटी

पोखरा, चैत १९ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर गतिविधिलाई तीव्रता दिएको छ।

जनवर्गीय संगठनहरूमा समानान्तर कमिटी निर्माण गर्दै आएको साे समूहले जिल्ला कमिटी निर्माण पनि थालेको छ। यसैक्रममा कास्कीमा बिहीबार ७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको छ।

वरिष्ठ नेता नेपाल र अर्का प्रभावशाली नेता सुरेन्द्र पाण्डेको उपस्थितिमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले घोषणा गरेको कमिटीमा धनराज आचार्यको नेतृत्व रहेको छ। सो कमिटीमा सचिवको जिम्मेवारी होमबहादुर नेपालीलाई दिइएको छ। 

अर्को भेला चाँडै गरेर कमिटीलाई पूर्णता दिने नेपाल समूहका एक नेताले जानकारी दिए । यसअघि नेपाल समूहले अर्घाखाँचीमा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी बनाइसकेको छ।

प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्