Kathmandu Press

प्रचण्डले दर्ता गराएको पुनरावलोकन मुद्दामाथि सुनुवाइ हुँदै

काठमाडौं, चैत १९ :  नेकपा एकता प्रक्रिया बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदनको सुनुवाइ आज हुने भएको छ...
प्रचण्डले दर्ता गराएको पुनरावलोकन मुद्दामाथि सुनुवाइ हुँदै

काठमाडौं, चैत १९ :  नेकपा एकता प्रक्रिया बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदनको सुनुवाइ आज हुने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना रहेको बेन्चले सो निवेदनको सुनुवाइ गर्दैछ । 

ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै गत फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया खारेज गर्ने निर्णय गरेपछि  सर्वोच्चको सो फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता मंगलबार सर्वोच्च अदालत पुगेर पुनरावलोकन निवेदन दर्ता गराएका थिए ।  

पुनरावलोकन निवेदन दर्ता गराएपछि अध्यक्ष प्रचण्डले अदालतले पार्टीहरुको आन्तरिक एकता भत्काउन नमिल्ने प्रतिक्रिया दिएका थिए । उनले सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको बताउँदै उक्त फैसलालाई अप्राकृतिक भनेका थिए । 

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्