लगातार इंग्ल्यान्डको तेश्रो जित, स्पेनले कोसोभोलाई हरायो
काठमाडौं, चैत्र १९ : इंग्ल्यान्डले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्ने क्रममा समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले...
काठमाडौं, चैत्र १९ : इंग्ल्यान्डले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्ने क्रममा समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले पोल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र ह्यारी म्यागुइरले गोल गरे। यता, पोल्यान्डका जाकुब मोडेरले एक गोल फर्काए। यसै समूहमा रहेको हंगेरीले एन्डोरालाई ४–१ गोलअन्तरले पराजित गरेको छ।
यता, अल्बानियाले भने सान मारिनोलाई २–० ले हराएको छ। जितसँगै इंग्ल्यान्डले तीन खेलबाट ९ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको हंगेरीले तीन खेलबाट सात अंक बनाउँदा अल्बानियाले तीन खेलबाट ६ र पोल्यान्डले तीन खेलबाट चार अंक बनाएका छन्। समान तीन खेल खेलेका एन्डोरा र सान मारिनो भने अंक बिहीन छन्।
यस्तै, समूह बी’ मा रहेको स्पेनले आफ्नै मैदानमा कोसोभोलाई ३–१ गोलले पराजित गरेको हो। स्पेनका लागि डानी ओल्मो, फेरान टोरेस र जिरार्ड मोरेनोले गोल गरे। यता, कोसोभोका बेसार हालिमीले एक गोल गरे।
यसै समूहमा रहेको ग्रिसले जर्जियासँग भने १–१ गोलको बराबरी खेलेको छ। जितसँगै स्पेनको तीन खेलबाट सात अंक भएको छ। दोस्रो स्थानमा रहेको स्वीडेनको भने दुई खेलबाट ६ अंक छ। ग्रिसको दुई र जर्जियाको एक अंक हुँदा कोसोभो भने अंक बिहीन छ।











