Kathmandu Press

आज दिउँसो पनि हल्का बर्षाको सम्भावना 

काठमाडौं, चैत्र १९ : आज पनि दिउँसो देशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक...
आज दिउँसो पनि हल्का बर्षाको सम्भावना 

काठमाडौं, चैत्र १९ : आज पनि दिउँसो देशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बिहानै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू–भागमा तुवाँलोको मात्रा रहेको विभागले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले बताएको छ । बाँकी भू– भूभागको मौसम भने सफा  रहनेछ।

प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रकाशित मिति: ०७:२३ बजे, बिहीबार, चैत १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्