Kathmandu Press

सातै प्रदेशमा निर्वाचन कार्यालय, भर्चुअल उद्घाटन

काठमाडौं, चैत १८ : निर्वाचन आयोगले सातवटै प्रदेशमा निर्वाचन कार्यालय खोलेको छ। आयोगले बुधबारबाटै सातै प्रदेशमा निर्वाचन कार्यालयको सुरुवात गरेको छ।सातवटै प्रदेशमा निर्वाचन...
सातै प्रदेशमा निर्वाचन कार्यालय, भर्चुअल उद्घाटन

काठमाडौं, चैत १८ : निर्वाचन आयोगले सातवटै प्रदेशमा निर्वाचन कार्यालय खोलेको छ। आयोगले बुधबारबाटै सातै प्रदेशमा निर्वाचन कार्यालयको सुरुवात गरेको छ।

सातवटै प्रदेशमा निर्वाचन कार्यालय स्थापना गर्ने निर्णय गत माघ २६ को मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगले निर्वाचन कार्यालय स्थापना गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार भर्चुअल माध्यमबाट सातवटै प्रदेशका निर्वाचन कार्यालयको उद्घाटन गरे।

निर्वाचन आयोगलाई संविधानबमोजिम संघीय ढाँचा लैजान र काम कारबाहीलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ को व्यवस्थाबमोजिम आयोगले गरेको सिफारिसका आधारमा प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज भई आयोगको प्रादेशिक कार्यालय स्थापना भएको हो । आयोगको प्रादेशिक कार्यालयमा उप–सचिवको नेतृत्वमा ९ जना कर्मचारीहरु रहने व्यवस्था छ।

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्