Kathmandu Press

भारतमा चुनावका विचित्र चित्र- चन्द्रमाको यात्रा गराउनेदेखि तरकारी बेच्दै, लुगा धुँदै, माछा तार्दै र बिँडी बनाउँदै उम्मेदवारहरू

भारतको तमिलनाडु र केरला राज्यमा आगामी ६ अप्रिलमा विधानसभा निर्वाचन हुँदैछ। त्यसमा उम्मेदवार बनेका विभिन्‍न दलका नेताहरूले मतदाता रिझाउन गरिरहेको हरकत भारतभर चर्चामा छ।
भारतमा चुनावका विचित्र चित्र- चन्द्रमाको यात्रा गराउनेदेखि तरकारी बेच्दै, लुगा धुँदै, माछा तार्दै र बिँडी बनाउँदै उम्मेदवारहरू

बैंगलोर, चैत १८ : भारतको तमिलनाडु र केरला राज्यमा आगामी ६ अप्रिलमा विधानसभा निर्वाचन हुँदैछ। त्यसमा उम्मेदवार बनेका विभिन्‍न दलका नेताहरूले मतदाता रिझाउन गरिरहेको हरकत भारतभर चर्चामा छ।

कुनै उम्मेदवार तरकारी बिक्री गरिरहेको भेटिन्छन् भने कोही माछा तार्दै त कोही पराठा बनाउँदै गरेको देखिन्छन्। तमिलनाडुको मदुराई क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका आर सर्वाननले त मतदातालाई हेलिकप्टर, आईफोन, तीनतले घर र बैंक खातामा एक करोड भारतीय रुपैयाँ दिने आश्‍वासन दिइरहेका छन्। त्यति मात्रै कहाँ हो र, आफू सत्तामा आएमा आफूलाई भोट दिनेहरूलाई चन्द्रमाकै यात्रा गराउने आश्‍वासन पनि उनले दिएका छन्।

तथापि, उनको तर्क फरक छ। चुनावका दौरान राज्यमा रहेको उपहार संस्कृतिमाथि आफूले व्यंग्य गरिरहेको सर्वाननले बताउने गरेका छन्।

Hardik ivf

यस्तै, नागापट्टिनम क्षेत्रमा एआईएडीएमके पार्टीका उम्मेदवार थांगा कथिरावनले मतदातालाई वासिङ मेसिन दिने प्रतिबद्धता जनाएका छन्।

आफ्नो सन्देश आम मतदातासम्म पुर्‍याउन उनी घरघर पसेर कपडा धोइरहेको भेटिन्छन्। डिटर्जेन्ट पाउडर प्रयोग गरेर कपडा धोएपछि निचोरेर पानी फाल्दै गरेको उनको भिडियो भाइरल बनेको छ।

चेन्‍नईको बिरुङबक्कम क्षेत्रबाट डीएमके उम्मेदवार प्रभाकर राजा त सडक किनारामा डोसा बनाउँदै गरेको अवस्थामा स्थानीय सञ्‍चारकर्मीको क्यामेरामा कैद भए। यस्तै, प्रियदर्शिनी नामकी उम्मेदवार एगमोर चुनाव क्षेत्रमा सडक किनारामा माछा तार्दै गरेको अवस्थामा भेटिइन्।

भाजपा उम्मेदवार खुश्बू सुन्दरले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘चाय वाला’ छवि सम्झिइन्। र, स्थानीय जमिनदारको घर पुगेर चिया बनाउँदै बाँड्दै गरेको तस्बिर सार्वजनिक गरिन्।

केरलामा कंग्रेस (मणि) पार्टीकी उम्मेदवार रोशी अगस्टिनले पराठा बनाउन सिक्दै गरेको भिडियो सामाजिक सञ्‍जालमा सार्वजनिक गरिन्।

कोयम्बटुरको सिंगनालुरमा एआईएडीएमकेका उम्मेदवार केआर जयराम स्थानीय सब्जिमन्डी पुगे र तरकारी बिक्री गर्दै उपभोक्ताको समस्या बुझ्‍ने प्रयास गरेको नाटक गरे। र, तरकारी खरिद गर्न आएका उपभोक्तालाई अनेक सुविधा उपलब्ध गराउने आश्‍वासन बाँडे।

मदुराईमा अर्का उम्मेदवार उदयकुमार धान खेतमा किसानहरूसँग काम गर्दै गरेको अवस्थामा फेला परे। डीएमके उम्मेदवार टी सम्पतकुमार एक बिँडी कारखानामा छिरे र बिँडी बनाउँदै गरेका मजदुर महिलालाई सहायता गरे।

द प्रिन्टबाट
 

प्रकाशित मिति: १७:११ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्