Kathmandu Press

फेरि टाउको उठाउँदै आतंकवादी संगठन आईएस

पूर्ण पराजित भएको दुई वर्षपछि आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) पुनः सक्रिय भएको छ।
फेरि टाउको उठाउँदै आतंकवादी संगठन आईएस

दमास्कस, चैत १८ : पूर्ण पराजित भएको दुई वर्षपछि आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) पुनः सक्रिय भएको छ।

अफ्रिकी मुलुक मोजाम्बिकको सहर पल्मामा आतंकवादी आक्रमण गर्दै आईएसले आफ्नो उपस्थिति कायम रहेको संकेत दिएको हो।

बेल्जियमका उपप्रधानमन्त्री, विदेशी मन्त्री र अमेरिकी विदेश मन्त्रीले आईएसका गतिविधि बढेकोप्रति छलफल गर्न भर्चुअल बैठक आयोजना गरेका थिए। 

‘इस्लामिक स्टेटविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धन’ले अफ्रिकी मुलुकहरूमा आईएसका गतिविधि देखिएको बताएको छ। र, पूर्वी र पश्चिम अफ्रिकी मुलुकहरूमा आईएसको खतरा बढेको जनाएको छ।

गठबन्धनका अनुसार आईएसले इराक र सिरियामा पनि आफ्नो सञ्जाल तयार पार्दै गरेका सूचना प्राप्त भएका छन्। यो गठबन्धनमा अमेरिका, अस्ट्रेलियासहित युरोपेली र अफ्रिकी मुलुकहरू सामेल छन्।

सिरियाको बाजुग सहरमा नियन्त्रण गुमाएयता आईएस पराजित भएको थियो। तर, अमेरिका, बेलायतलगायत मुलुकले आईएसको खतरा अझै समाप्त नभएको बताएका छन्।
 

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्