Kathmandu Press

प्रधानमन्त्री ओलीले चैत २३ भित्र विश्वासको मत लिनुपर्छ : देव गुरुङ

काठमाडौं,  चैत १८ : माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए प्रधानमन्त्री केपी ओलीले चैत २३ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बताएका छन्।बुधबार...
प्रधानमन्त्री ओलीले चैत २३ भित्र विश्वासको मत लिनुपर्छ : देव गुरुङ

काठमाडौं,  चैत १८ : माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए प्रधानमन्त्री केपी ओलीले चैत २३ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले ओलीले त्यतिबेलासम्म विश्वासको मत नलिए वैधानिकतामाथि नै प्रश्न उठ्ने दाबी गरे।

गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते वर्तमान सरकारलाई धारा ७६ को उपधारा १ अनुसार भने पनि फागुन २३ गतेको फैसलाले धारा ७६ को उपधारा २ आकर्षित भएको बताए।

सर्वोच्चको फैसलाअनुसार दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० को उपधारा २ आकर्षित हुने उनले बताए। त्यहाँ सत्तारुढ दल विभाजित भए वा सरकारमा भएको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ

प्रकाशित मिति: १४:३९ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्