पाँचथरमा जिप दुर्घटना, चालकको मृत्यु
पाँचथर, चैत १८ : पाँचथरको याङवरकमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। याङवरक गाउँपालिका-१ च्याङथापु जाँदै गरेको मे१ज ३५६ नम्बरको जिप याङवरक–३...
पाँचथर, चैत १८ : पाँचथरको याङवरकमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
याङवरक गाउँपालिका-१ च्याङथापु जाँदै गरेको मे१ज ३५६ नम्बरको जिप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका-२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो।
जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते फिदिम-२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:३४ बजे, बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











