Kathmandu Press

आफ्नै राजनीतिक गुरुसँग एकताको पहल गर्दै विप्लव 

काठमाडौं, चैत १८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताको पहल हुँदै आएको...
आफ्नै राजनीतिक गुरुसँग एकताको पहल गर्दै विप्लव 

काठमाडौं, चैत १८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताको पहल हुँदै आएको छ।

यसैबीच मंगलबार ती दुई पार्टीबीच एकताबारे फेरि छलफल भएको छ। यसअघि पनि ती दुई पार्टीबीच पार्टी एकतालाई लिएर छलफल भइसकेको छ।

छलफलमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र मिलन तथा नेकपा (क्रान्तिकारी माओवादी) बाट स्थायी समिति सदस्य गौरव र वसन्तको उपस्थिति थियाे । छलफलको मुख्य एजेन्डा कम्युनिस्ट पार्टीको एकीकरण एवं ध्रुवीकरण र रणनीतिक संयुक्त मोर्चा निर्माण रहेको बताइएको छ। 

छलफलले दुई पार्टीबीचको कार्यभार, दुवै पार्टीले अंगीकार गरिरहेका सैद्धान्तिक, वैचारिक, राजनीतिक र सांगठनिक लगायतमा निकटता रहेको निकालेको बताइएको छ।

विविध विषयमा थप समझदारी कायम गर्दै दुई पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने गरिएको निष्कर्ष छलफलले निकालेको बताइएको छ। दुवै पार्टीका शीर्ष नेताहरु बसेर सैद्धान्तिक र राजनीतिक विषयमा छलफल गरी ठोस सहमतिमा पुग्ने समझदारी भएको बताइएको छ।

प्रवक्ता प्रकाण्डले क्रान्तिकारी आन्दोलनको विकास र नयाँ पहलकदमीका लागि एकता र ध्रुवीकरणको आवश्यकताबारे धारणा व्यक्त गरेको जनाइएको छ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीले आठौं महाधिवेशनमा राखिएको विचार, नीति, कार्यदिशा र कार्यक्रम सम्बन्धमा स्पष्ट पारेका बताइको छ। 

बैठकमा संयुक्त रणनीतिक मोर्चाको अवधारणा र संगठनात्मक संरचना एवं नेतृत्व प्रणालीलाई विकास गर्दै नयाँ उचाइमा क्रियाशील बनाउने सहमति भएको बताइएको छ।

प्रकाशित मिति: १२:४५ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्