Kathmandu Press

भारतमा सात बालिका भेटिए, भंगहाबाट हराइरहेका हुन सक्ने

काठमाडौं, चैत १८ : भारतको सितामगढीमा सात जान नेपाली बालिका/किशोरी भेटिएका छन्। तीन बालिका/किशोरी मंगलबार घाँस काट्न जाँदा हराएका महात्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका सातजना...
भारतमा सात बालिका भेटिए, भंगहाबाट हराइरहेका हुन सक्ने

काठमाडौं, चैत १८ : भारतको सितामगढीमा सात जान नेपाली बालिका/किशोरी भेटिएका छन्। तीन बालिका/किशोरी मंगलबार घाँस काट्न जाँदा हराएका महात्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका सातजना बालिका/किशोरी हुन सक्ने प्रहरीले आशंका गरेको छ।

भारतमा सात जना बालिका/किशोरीहरु भेटिएको, तर उनीहरु धर्मपुरबाट हराएका बालिका/किशोरीहरु हुन भन्ने एकिन भइ नसकेको जिल्ला प्रहरी कार्यलय महोत्तरीका प्रमुख दिनेश आचार्यले बताए। 

‘सितामगढीमा सात जना भेटिएको भन्ने कुरा आएको छ, उनीहरु धर्मपुरबाट हराएका बालिका/किशोरीहरु हुन् या होइनन् भन्ने अनुसन्धान भइरहेको छ,’ आर्याचले काठमाडौं प्रेससँग भने ।

मंगलबार दिउँसो करिब १ बजे घाँस काट्न निस्किएका उनीहरू सम्पर्क विहीन भएका थिए । सम्पर्कविहीन हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जन पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान छन् ।

प्रकाशित मिति: १०:४३ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्