घाँस काट्न गएका महोत्तरी एकै टोलका ७ युवती वेपत्ता

काठमाडौं, चैत्र १८ : घाँस काट्न गएका महात्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना बालिका र किशोरी सम्पर्कविहीन भएका छन्।
मंगलबार दिउँसो करिब १ बजे घाँस काट्न निस्किएका उनीहरू सम्पर्क विहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जन पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्पर्क विहीन बालिका र किशोरीको रातिदेखि नै खोजी कार्य सुरु गरिएको आचार्यले बताए। सम्पर्कबिहिन भएका ती बालिका र किशोरी एउटै टोलको हुन्।
उनीहरू प्रायः समूहमै घाँस काट्न चौरमा जाने र साँझसम्म घर फर्किहाल्ने भए पनि हिजो भने घर नफर्केको बताईएको छ ।
प्रकाशित मिति: ०९:०३ बजे, बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











