Kathmandu Press

बागमतीका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 

काठमाडौं, चैत्र १८ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्ताव फिर्ता भएको  छ। माधव झलनाथ समूहले अविश्वासको प्रस्ताव फिर्ता लिएको हो।फागुन...
बागमतीका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता 

काठमाडौं, चैत्र १८ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्ताव फिर्ता भएको  छ। माधव झलनाथ समूहले अविश्वासको प्रस्ताव फिर्ता लिएको हो।

फागुन २३ गते सर्वोच्च अदालतले गरेको निर्णयसँगै राजनीतिक अवस्था परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाईएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येका एमाले नेता अरुण नेपालले मंगलबार प्रस्ताव फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएको जानकारी दिए।  

तत्कालीन नेकपामा विवाद चुलिएका बेला प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० मा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। प्रस्तावमा ४५ जना सदस्यले हस्ताक्षर गरेका थिए।

उक्त समूहले प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो।

प्रकाशित मिति: ०८:५० बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्