विश्वकप छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सको सानदार जित

काठमाडौं, चैत्र १८ : विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सानदार जित निकालेका छन् ।
गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोलले पराजित गरेको छ ।
यस्तै गएराति भएकै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ । यस्तै सर्वियाले अजरबैजानलाई २–१ गोलले पराजित गरेको छ । साईप्रसले स्लोभिनियालाई १–० गोलले पराजित गरेको छ ।
यस्तै पोर्चुगलले लक्जम्बर्गलाई ३–१ गोलले पराजित गरेको छ । टर्की र लाटभियाबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको छ । स्लोभाकियाले रसियालाई २–१ गोलले पराजित गरेको छ ।
प्रकाशित मिति: ०८:३७ बजे, बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











