Kathmandu Press

साँझ पर्नासाथ महाआरतीबाट गुन्जिन्छ नारायणी किनार (फोटो फिचर)

पाँचजना बटुकले शंख ध्वनिबाट महाआरती सुरु गर्छन्। नारायणी नदीतर्फ फर्किएर उनीहरू आरती गर्न थाल्छन् । करिब डेढ घण्टा आरती र भजनकीर्तन हुन्छन् । 
साँझ पर्नासाथ महाआरतीबाट गुन्जिन्छ नारायणी किनार (फोटो फिचर)

चितवन, चैत १८ : दिनभरको भागदौडबाट त्राण पाउन भरतपुरका बासिन्दा र यहाँ आइपुगेका आन्तरिक–बाह्य पर्यटक नारायणी किनार पुग्छन् । भजन संगीत गुन्जिन थालेपछि त्यसकै वरिपरि झुम्मिन्छन्, उनीहरू ।

‘अखण्ड सन्ध्याकालीन गण्डकी–नारायणी महाआरती’मा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म मन्त्रमुग्ध देखिन्छन् ।

पाँचजना बटुकले शंख ध्वनिबाट महाआरती सुरु गर्छन्। नारायणी नदीतर्फ फर्किएर उनीहरू आरती गर्न थाल्छन् । करिब डेढ घण्टा आरती र भजनकीर्तन हुन्छन् । 

Hardik ivf

१ वैशाख ०७६ देखि नारायणी किनारमा महाआरती गर्न थालिएको हो । गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले यसलाई निरन्तरता दिएको छ । वैदिक मन्त्रोच्चारणसहित साँझपख पूजाअर्चना गर्दा पितृमोक्षका साथै मनोकामना पूरा हुने विश्वास रहेको परिषद्को भनाइ छ ।

जनकपुरधामको गंगासागर र काठमाडौं पशुपतिनाथ परिसरमा पनि साँझपख महाआरती आयोजना हुन्छन् । केही समययता पोखरा फेवाताल किनारमा पनि महाआरती गर्ने गरिएको छ ।


प्रकाशित मिति: ०८:१२ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्