Kathmandu Press

फिफा विश्वकप छनौट : मंगोलियाको पोष्टमा जापानको १४ गोल

काठमाडौं, चैत्र १८ : फिफा विश्वकप छनौटमा मंगलियामाथी जापानले सानदार जित निकालेको छ ।मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० को फराकिलो गोल अन्तरले...
फिफा विश्वकप छनौट : मंगोलियाको पोष्टमा जापानको १४ गोल

काठमाडौं, चैत्र १८ : फिफा विश्वकप छनौटमा मंगलियामाथी जापानले सानदार जित निकालेको छ ।

मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० को फराकिलो गोल अन्तरले हराएको हो । जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे ।

यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २/२ गोल गरे । ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १/१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।

जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शत प्रतिशत जित निकालेको छ । ३ अंक जोडेको मंगोलिया समूहको पुछारमा छ ।

प्रकाशित मिति: ०७:३१ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्