आजको मौसम : तुवाँलोको प्रदुषण कायमै, पहाडी भेगमा सामान्य वर्षाको सम्भावना
काठमाडौं, चैत्र १८ : देशको पहाडी भूभागमा आंशिक बदलीसँगै अहिले पनि तुवाँलोले ढाकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।अन्य भूभागको मौसम सामान्यतया...
काठमाडौं, चैत्र १८ : देशको पहाडी भूभागमा आंशिक बदलीसँगै अहिले पनि तुवाँलोले ढाकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अन्य भूभागको मौसम सामान्यतया सफा रहेको भएपनि तुवाँलोको प्रदुषण भने जारी नै रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।
प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित सामान्य वर्षाको सम्भावनासमेत रहेको छ। राति देशका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी स्थानको मौसम सफा रहने विभागको दावी छ।
राति बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावनासमेत रहेको छ।
प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











