Kathmandu Press

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

काठमाडौं, चैत्र १८ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा...
त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

काठमाडौं, चैत्र १८ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।

एन्फाले मंगलबार एक विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालका लागि सन्जोक राई र विशाल राईले एक एक गोल गरेका थिए । बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो ।

विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ । 

प्रकाशित मिति: ०६:५७ बजे, बुधबार, चैत १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्