Kathmandu Press

एकै दिन विश्वमा साढे १० हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं, चैत्र १८ : विश्वभरमा एकै दिन साढे १० हजार कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८४७ जना कोरोना...
एकै दिन विश्वमा साढे १० हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं, चैत्र १८ : विश्वभरमा एकै दिन साढे १० हजार कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८४७ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

यसरी मृत्यु हुनेको संख्या ब्राजिलमा सबैभन्दा बढी तीन हजार ६६८ जना रहेका छन् । यस्तै‚ अमेरिकामा ८५८, इटलीमा ५२९, भारतमा ३५५, रुसमा ४०९, फ्रान्समा ३४८ जनाको मृत्यु भएको छ। यससँगै विश्वभर कुल मृतकको संख्या २८ लाख १४ हजार ८२२ पुगेको छ।

Hardik ivf

यस्तै, पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ३९ हजार ११९ नयाँ कोरोना संक्रमित थपिएका छन्। ब्राजिलमा सबैभन्दा बढी ८६ हजार ७०४ जना संक्रमित फेला परेका छन्।

अमेरिकामा ६२ हजार २५५, भारतमा ५३ हजार १५८ र फ्रान्समा ३० हजार ७ सय २ संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या विश्वभर १२ करोड ८७ लाख, ७६ हजार ८३८ पुगेको छ। यस्तै‚ १० करोड ३९ लाख तीन हजार ६६८ जना संक्रमण मुक्त भएका छन्।

प्रकाशित मिति: ०६:५१ बजे, बुधबार, चैत १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्