प्रतिनिधि सभा बैठक आज बस्दै
काठमाडौं, चैत्र १८ : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बुधबारको बैठकमा...
काठमाडौं, चैत्र १८ : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बुधबारको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेस हुनेछन्।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची पनि रहेको छ ।
प्रकाशित मिति: ०६:४० बजे, बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











