मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट एमाले सांसदको नाम फिर्ता
विराटनगर, चैत १७ : प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा (एमाले)का सांसदले नाम फिर्ता लिएका छन्।मंगलबार एमाले १६...
विराटनगर, चैत १७ : प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा (एमाले)का सांसदले नाम फिर्ता लिएका छन्।
मंगलबार एमाले १६ सांसदले प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएको जनाएका छन्। मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते नेकपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले एमाले र माओवादी केन्द्र अलग भएका छन्। त्यसअनुसार अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमाले सांसदले नाम फिर्ता लिएका हुन्।
एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएपछि मुख्यमन्त्री राईको सरकार जोगिने भएको छ। प्रदेश सभामा एमालेको ५१ सांसद छन्।
प्रदेश सभामा सबै सदस्यको संख्या ९३ छ। सरकार गठन गर्न ४६ सांसद आवश्यक पर्छ।
प्रकाशित मिति: २०:०८ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











