प्रचण्डले भेटे कांग्रेस सभापति देउवा र पूर्वप्रधानमन्त्री भट्टराईलाई
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।
काठमाडौं, चैत १७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रचण्ड र सभापति देउवाबीच समसामयिक राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो।
देउवा निवास बूढानीलकण्ठमा करिब आधा घण्टा बसेर प्रचण्ड जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराईको टोखास्थित निवासतर्फ लागेका थिए। प्रचण्ड र डा. भट्टराईबीच के विषयमा कुरा भयो भन्ने खुलेको छैन।
प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











