Kathmandu Press

ओलीको कदमले पार्टीलाई विभाजनतिर लगेको नेपाल समूहको निष्कर्ष

काठमाडौं, चैत १७ : एमालेको माधवन नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पछिल्ला कदमले पार्टीलाई विभाजतिर लैजाने निष्कर्ष निकालेको छ।नेपाल समूहको मंगलबार बसेको...
ओलीको कदमले पार्टीलाई विभाजनतिर लगेको नेपाल समूहको निष्कर्ष

काठमाडौं, चैत १७ : एमालेको माधवन नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पछिल्ला कदमले पार्टीलाई विभाजतिर लैजाने निष्कर्ष निकालेको छ।

नेपाल समूहको मंगलबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट लिम्बन गर्ने ओलीको निर्णयले पार्टीमा छलफल–बहसको ढोका बन्द गरेकाले यसले एमालेलाई विभाजनतिर लैजाने निकर्ष निकालेको छ।

अध्यक्ष ओलीले सोमबार मात्र नेपाल र रावललाई ६ महिनाका लागि साधारणसदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेका थिए । नेपाल समूहले ओलीको यस्तो कार्यले पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने भएको बताएको छ। बैठकपछि विज्ञप्ति जारी गर्दै ओली आफैं पार्टी विधान विपरित चलेकाले उनले गरेको कारबाही नमान्ने बताएको छ।

‘हाम्रो सांगठनिक र वैचारिक गतिविधि जारी रहन्छ। अलगअगग ढंगले क्रियाकलाप अगाडि बढेका छन्, तर यो फुटको भन्ने होइन । हामी यहीँ संघर्ष गर्छौं, नयाँ पार्टी बनाउँदैनौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्