नेपाली खेलाडी आबद्ध मासा पाकिस्तान महिला च्याम्पिनसिपको सेमिफाइनलमा
काठमाडौं, चैत १७ : मासा युनाइटेड पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। चार नेपाली राष्ट्रिय महिला खेलाडी आबद्ध मासा युनाइटेड...
काठमाडौं, चैत १७ : मासा युनाइटेड पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। चार नेपाली राष्ट्रिय महिला खेलाडी आबद्ध मासा युनाइटेड क्वार्टरफाइनलमा वाक ओभर पाउँदै सेमिफाइनलमा पुगेको हो।
मंगलबारका लागि तय भएको क्वार्टरफाइनल खेल्न दिया महिला फुटबल क्लब नआएपछि मासाले वाक ओभर पाएकाे हो । अब फाइनल प्रवेशका लागि मासाले अप्रिल १मा हाइल्यान्डसँग खेल्ने छ।
नेपाली राष्ट्रिय टिमकी गोलकिपर एन्जिला तुम्बाफोको कप्तानीमा रहेको मासमा स्ट्राइकर अनिता केसी, मडिफिल्डर सरु लिम्बू र डिफेन्डर गीता राना छन्।
प्रकाशित मिति: १६:४१ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











