Kathmandu Press

लहान मालपोतमा बम विस्फोट गराउने २ जना पक्राउ

काठमाडौं, चैत १७ : सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउने दुई जना पक्राउ परेका छन् । बम विस्फोट गराएको आरोपमा सिरहा सुखिपुर नगरपालिका–५ का...
लहान मालपोतमा बम विस्फोट गराउने २ जना पक्राउ

काठमाडौं, चैत १७ : सिराहाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएकाे आराेपमा दुई जना पक्राउ परेका छन् । 

बम विस्फोट गराएको आरोपमा सिरहा सुखिपुर नगरपालिका–५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरीलाई पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ । 

गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले लिएको थियो ।

घटनाको १७ दिनपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु यसअघि पनि आपराधिक काममा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्