एमालेले जानकीदेवीलाई सांसद बनाउने
काठमाडौं, चैत १७ : नेकपा एमालेले सिरहाकी जानकीदेवी रामलाई सांसद् बनाउने भएको छ । एमालेले रिक्त समानुपातिक सदस्यमा जानकीदेवीलाई प्रतिनिधिसभा सदस्य बनउाने निर्णय...
काठमाडौं, चैत १७ : नेकपा एमालेले सिरहाकी जानकीदेवी रामलाई सांसद् बनाउने भएको छ । एमालेले रिक्त समानुपातिक सदस्यमा जानकीदेवीलाई प्रतिनिधिसभा सदस्य बनउाने निर्णय गरेको हो।
एमालेले रिक्त समानुपातिक सांसद् पदमा जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोजक पत्र पठाउने निर्णय गरेको छ। राजनकीदेवी प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्बरमा थिइन् ।
एमालेकी समानुपातिक सांसद् इलामकी सानु शिवाको निधन भएपछि सांसद् पद रिक्त थियो । जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना हुनेछन्।
प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











