म्यानमारमा सरकारी दमनको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, चैत १७ : म्यानमारमा प्रजातन्त्र पुनर्बहालीका लागि चलिरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको दमनविरुद्ध काठमाडौंमा मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।
म्यानमारमा सरकारले गरिरहेको दमन र हत्या रोक्न पहलको माग गर्दै संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि अधिकारकर्मीहरूले प्रदर्शन गरेका हुन्।
त्यस्तै, प्रदर्शनमा उत्रिएका अधिकारकर्मीले म्यानमारमा भइरहेको हत्या र दमनको विरोध गरेका छन्। उनीहरूले राजनीतिक बन्दीहरूको रिहाइ र प्रजातन्त्र पुनर्बहालीको माग गरेका छन्।
प्रकाशित मिति: १५:३९ बजे, मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











