Kathmandu Press

थरुहट संघर्ष समिति र सरकारबीच वार्ता

थरुहट संघर्ष समिति र सरकारबीच वार्ता

थरुहट संघर्ष समितिको वार्ता टोली र गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ ।

गृह मन्त्रालयमा मंगलबार दिउँसो समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र  सरकारी वार्ता टोलीबीच वार्ता सुरू भएको हो।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् भने थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी  वार्ता टोलीमा रहेका छन् ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनु पर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका १९ बुँदे माग राखेर उनीहरू आन्दोलनमा छन्।

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्