Kathmandu Press

उरुग्वेका राष्ट्रपतिले लगाए चिनियाँ खोप

उरुग्वेका राष्ट्रपतिले लगाए चिनियाँ खोप

मोन्टेभिडियो, चैत १७ : उरुग्वेका राष्ट्रपति लुइज लाकाल पाउले सोमबार कोभिड–१९ विरुद्धको चिनियाँ खोप कोरोनाभ्याकको पहिलो डोज लगाएका छन्। यो खोप चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले उत्पादन गरेको छ । 

राजधानी मोन्टेभिडियोको मासिएल अस्पतालमा खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति पाउले कोरोनाभाइरसको उपचार, हेरचाह र खोप लगाउने कार्यमा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरे । 

उरुग्वेले गत मार्च १ देखि खोप अभियान शुरु गरेको थियो । राष्ट्रपति पाउले आफ्नो उमेर समूहले खोप लगाउने पालो आएपछि मात्र आफूले खोप लगाउने घोषणा गरेका थिए। 

उरुग्वेमा ५० देखि ७० वर्ष तथा ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिका लागि खोप अभियान चालू छ । साथै स्वास्थ्यकर्मी, शैक्षिक व्यक्तिहरु र सुरक्षा फौजका सदस्यहरुलाई पनि खोप दिइनेछ । 

उरुग्वेले १८ वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिने यसअघि नै घोषणा गरिसकेको छ ।

उरुग्वेमा एक महिनाको अवधिमा पाँच लाख ३० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइएको छ, र यो कूल जनसंख्याको करिब १५ प्रतिशत हो ।

सन् २०२० मार्च १३ यता उरुग्वेमा कोभिड–१९ बाट करिब एक लाख व्यक्ति संक्रमित भएका र त्यसमध्ये करिब ९०० व्यक्तिको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्