Kathmandu Press

सर्वोच्च पुगेर प्रचण्डले भने– पार्टीहरुको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन

नेकपा एकता प्रक्रिया खरोजविरुद्ध पुनरालोकन निवेदन दिन सर्वोच्च अदालत पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदातले पार्टीहरुको आन्तरिक एकता भत्काउन नमिल्ने बताए।
सर्वोच्च पुगेर प्रचण्डले भने– पार्टीहरुको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन

काठमाडौं, चैत १७ : नेकपा एकता प्रक्रिया खरोजविरुद्ध पुनरालोकन निवेदन दिन सर्वोच्च अदालत पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदातले पार्टीहरुको आन्तरिक एकता भत्काउन नमिल्ने बताएका छन्।

मंगबलार नेकपा एकता प्रक्रिया खरोजविरुद्ध सर्वोच्च अदालत पुगेर पुनरावलोकन निवेदन दिँदै अध्यक्ष प्रचण्डले सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको बताए । उनले सर्वोच्चको उक्त फैसलालाई अप्राकृतिक भनेका छन् ।

नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च फागुन २३को फैसला कसैको राजनीतिक अभिष्ट पूरा गर्ने गरी भएको प्रचण्डले बताए । ‘अदालतको त्यो निर्णय कसैको राजनीतिक अभिष्ट पुरा गर्न मात्र थियो भन्ने देखिन्छ’, प्रचण्डले भने, ‘एकीकरण भइसकेको दललाई टुक्र्याउने, दल गठन र विघटनजस्तो राजनीतिक विषयमा प्रवेश गरी अदालतले आफ्नो सीमा रेखा नाघेको छ।’

नाम विवादले दलको अस्तित्व समाप्त हुने अवस्था आउनु राजनीतिक दल माथिकै प्रतिबन्ध भएको भन्दै प्रचण्डले अदालतले यस्तो गतिविधि गर्न नमिल्ने बताएका छन् । प्रचण्डले सर्वोच्चले आफ्नो अप्राकृतिक फैसला सच्याउने आशा व्यक्त गरे।

यस्तो छ पुनरावलोकन निवेदन

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्