Kathmandu Press

बारामा होली खेल्ने क्रममा झडप : एक जनाको मृत्यु, ६ घाइते

बारा, चैत १७ : बारामा होली खेल्ने क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका–२३ भथौडामा...
बारामा होली खेल्ने क्रममा झडप : एक जनाको मृत्यु, ६ घाइते

बारा, चैत १७ : बारामा होली खेल्ने क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । 

कलैया उपमहानगरपालिका–२३ भथौडामा होली खेल्ने क्रममा झै–झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गम्भीर घाइते संजा देवीलाई उपचारको लागि भवानी अस्पताल वीरगञ्ज पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घाइते ६ जनाको उपचारको लागि एनएमसि वीरगञ्जमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

झै(झगडा तथा कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २३ वर्षीय ओम प्रकाश गुप्ता समेत ४ जना र प्रहरी माथि हातपात गर्ने १ सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्