Kathmandu Press

ललितपुरमा पनि भेटियो वर्डफ्लु

काठमाडौं, चैत १७ : ललितपुरमा महानगरपालिकामा घरमा पालिएका पन्छीमा बर्डफ्लु देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार ललितपुर महानगरपालिका–१४ का किसानले पालेका स्थानीय...
ललितपुरमा पनि भेटियो वर्डफ्लु

काठमाडौं, चैत १७ : ललितपुरमा महानगरपालिकामा घरमा पालिएका पन्छीमा बर्डफ्लु देखिएको छ । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार ललितपुर महानगरपालिका–१४ का किसानले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु देखिएको  हो । 

रोग पुष्टी भएका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ केजी दाना नष्ट गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाण पत्र लिनुपर्ने बताएको छ।

कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न मन्त्रालयले आग्रह गरेको छ। 

प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्