Kathmandu Press

महामारी सन्धि योजनालाई डब्ल्यूएचओसहित २३ राष्ट्रको समर्थन

काठमाडौं, चैत १७ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र २३ राष्ट्रका नेताहरुले भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकाल अवस्थासंग लड्न महामारी सन्धि योजनालाई समर्थन गरेका...
महामारी सन्धि योजनालाई डब्ल्यूएचओसहित २३ राष्ट्रको समर्थन

काठमाडौं, चैत १७ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र २३ राष्ट्रका नेताहरुले भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकाल अवस्थासंग लड्न महामारी सन्धि योजनालाई समर्थन गरेका छन् । २३ राष्ट्रका नेता र विश्व स्वस्थ्य संगठनले आज महामारी सन्धि योजनामा सर्मथन जनाएका हुन् । 

कारोना भाइरस जस्तै भविष्यमा आउन सक्ने महामारी संग लड्नको लागि महामारी सन्धि योजना पहिलो पटक युरोपियन युनियनका अध्यक्ष चाल्र्स मिशेलले गत् वर्ष जी २० सम्मेलनमा प्रस्तुत गरेका थिए । 

Hardik ivf

युरोपियन युनियनका अध्यक्ष चाल्र्स मिशेलले भविष्यमा आउन सक्ने महामारीको खोप, औषधि र महामारीका निदानका लागि विश्वव्यापी रुपमा समान पहुँच सुनिश्चित गर्ने योजना यस सन्धिको रहेको बताए । 

मंगलबार यो सन्धिले फिजी, पोर्चुगाल, रोमानिया, बेलायत, रुवाण्डा, केन्या, फ्रान्स, जर्मनी, ग्रीस, दक्षिण कोरिया, चिल्ली, कोस्टा रिका, अल्बानिया, दक्षिण अफ्रिका, ट्रिनिदाद र टोबेगो, नेदरल्याण्ड, ट्युनिसियाका, सेनेगल, स्पेन, नर्वे, सर्बिया, इन्डोनेसिया, युक्रेनका नेताहरु र डब्ल्यूएचओको औपचारिक समर्थन पाएको छ ।

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्