स्पष्टीकरण पत्रमा ओलीलाई घनश्याम भुसालका प्रश्नै प्रश्न
'अझै पनि हाम्रा अग्रजहरूको त्याग–बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन्, जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा पुनर्जीवित गर्न सक्छन् ।'
काठमाडौं, चैत १७ : एमाले उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ पठाएका छन्। जवाफमा भुसालले ओलीमाथि प्रश्नै प्रश्न उठाएका छन् ।
ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ?’
पार्टीलाई बन्धक बनाएर ओलीले आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप उनले लगाएका छन् ।
‘तपाईंले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरू भत्काउँदै जानुभयो । अझै पनि हाम्रा अग्रजहरूको त्याग–बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन्, जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा पुनर्जीवित गर्न सक्छन्,’ पत्रमा उल्लेख छ, ‘मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनूस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनूस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ।’
यस्तो छ पत्र











