Kathmandu Press

नेकपा खारेजको फैसलाविरुद्ध पुनरावलोकन दिन सर्वोच्चमा प्रचण्ड

नेकपा एकता प्रक्रिया खारेज गर्ने सर्वोच्च अदालतको फौसलाविरुद्ध पुनरावलोकन दिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मासहित सर्वोच्च अदालत पुगेका छन्।
नेकपा खारेजको फैसलाविरुद्ध पुनरावलोकन दिन सर्वोच्चमा प्रचण्ड

काठमाडौं, चैत १७ : नेकपा एकता प्रक्रिया खारेज गर्ने सर्वोच्च अदालतको फौसलाविरुद्ध पुनरावलोकन दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन्।

नेकपा खारेजविरुद्ध पुनरावलोकनको निवेदन लिएर प्रचण्ड मंगलबार ११ बजे सर्वोच्च अदालत पुगेका हुन् । प्रचण्डसँगै वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मासहितका नेता पनि सर्वोच्च  पुगेका छन्।

ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै गत फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया खारेज गरेको थियो। सर्वोच्चको सो फैसलापछि एमाले र माओवादी ब्युँतिएकाे थिए।

 

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्