Kathmandu Press

देवचुलीमा आजदेखि मेयर कप फुटबल प्रतियोगिता

नवलपुर, चैत १७ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको...
देवचुलीमा आजदेखि मेयर कप फुटबल प्रतियोगिता

नवलपुर, चैत १७ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आजदेखि दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७७ शुरु हुँदैछ । देवचुली नगर युवा तथा खेलकूद विकास समितिको आयोजना तथा देवचुली नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

देवचुली नगरपालिकास्थित वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १५ दिनसम्म सञ्चालन हुने देवचुली नगर युवा तथा खेलकूद विकास समितिका अध्यक्ष भीमलाल तिवारीले बताए। प्रतियोगितामा नगरभित्रका १६  समूहले प्रतिस्पर्धा गर्ने उनको भनाइ छ । नगरस्तरीय खेल खेलाएर यस क्षेत्रबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने तयारीस्वरुप प्रतियोगिता आयोजना गरिएको उनले बताए।

प्रतियोगिता संयोजक विष्णुकुमार वाग्लेले प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिनमा किशोर–किशोरी केन्द्रित खेलकूदका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । उनले खेलमैदान निर्माणदेखि प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए । 

सो प्रतियोगिताको विजेता समूहले नगद एक लाख ५० हजार रुपैयाँ तथा उपविजेता समूहले नगद ७५ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वाग्लेले बताए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकसहित विधागतरूपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने संयोजक वाग्लेको भनाइ छ ।

प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, चैत १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्