Kathmandu Press

मोहन्याल गाउँपालिका अध्यक्ष रावलको मृत्यु

कैलाली, चैत १७ : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको मृत्यु भएको छ । उच्च रक्तचापबाट पीडित रावलको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार...
मोहन्याल गाउँपालिका अध्यक्ष रावलको मृत्यु

कैलाली, चैत १७ : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको मृत्यु भएको छ । 

उच्च रक्तचापबाट पीडित रावलको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान मृत्यु भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिए।

लामो समयदेखि रक्तचापले ग्रसित रावललाई ४ दिनअघि ब्रेन ह्यामब्रेज भएपछि कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, चैत १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्